+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते ६:५५

१२ वैशाख, काठमाडौं । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसयता केही समय सांसदहरु फुर्सदिला भएका थिए । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेपनि शिक्षकहरुको आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही दिन अगावै बोलाइएको हो ।

शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । तीन सातादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुआतीमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ । तर, शिक्षकहरुले भने विश्वास गरेका छैनन् । आन्दोलन जारी राखेका छन् ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ’, बर्तौलाले भने, ‘उहाँले पछिल्लो समसामयिक विषयबारे आफ्ना धारणा राख्नुहुनेछ ।’

यसबाहेक आज संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?