Comments Add Comment

अनुष्काले गरिन् सलमानको आलोचना

anuska sharma
नायक सलमान खानले चलचित्र ‘सुल्तान’को प्रमोशनका क्रममा दिएको एक बयानले अझै पनि उनको पिछा छाडेको छैन । सलमानले यो बिषयमा माफी पनि मागेका छैनन् ।

यो बिषयमा बलिउडकर्मी पनि २ धारमा देखिएका छन् । कसैले यो बयानलाई खुलेरै आलोचना गरेका छन् भने धेरै मौन बसेका छन् । नायक सलमान खानसँग चलचित्र ‘सुल्तान’मा काम गरेकी नायिका अनुष्का शर्माले पहिलो पटक यो बिषयमा मुख खोलेकी छिन् । अनुष्काले सलमानको बयानलाई ‘असंवेदनशिल’ भनेकी छिन् ।

सलमानले ‘आफूलाई रेसलिङको सुटिङबाट बाहिर निस्कदा बलात्कृत महिलाको जस्तो अनुभव हुने’ भन्दै बयान दिएका थिए । सलमानको यो बयानलाई लिएर चर्को आलोचना पनि भैरहेको छ । अनुष्काले भनिन्-‘मैले जब यो बिषयमा सुनेँ, मलाई यो सत्य जस्तो नै लागेन । मैले यो बिषयमा धेरै तिरबाट जान्ने कोशिश पनि गरेँ ।

हामी सबैलाई यो थाहा छ कि, सलमानले बोलेको कुरा ‘असंवेदनशिल’ छ । म त यो कुरा सुनेर चकित भएकी थिएँ । यो कुराले एउटा कुरा पक्का के भएको छ भने, हामी जे बोल्छौ त्यसको जिम्मेवारी हामी आफै हुन्छौ । स्टारले केही कुरा बोल्नु अगाडि त्यसमा सजग हुन जरुरी छ ।’ अनुष्काले सलमानले माफी माग्नुपर्छ भन्ने प्रश्नमा भनिन्-‘म सलमानलाई धेरै नजिकबाट चिन्दिनँ । उनीसँग मेरो व्यवसायिक सम्बन्ध छ । सलमानलाई थाहा छ कि यो बिषयमा उनले के गर्नुपर्छ ।’

सलमान र अनुष्काले अभिनय गरेको चलचित्र ‘सुल्तान’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । तर, सलमानलाई आफूले धेरै नचिन्ने बताएर अनुष्काले बलिउडका दवंगलाई फेरि चिड्याउने काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment