Comments Add Comment

केपी ओलीको समर्थनमा पोखरामा र्‍याली

Rhyally ma savagi 1

३१ असार, पोखरा । नेकपा माओवादी केन्द्रले  समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पोखरामा युवाहरुले र्‍याली निकालेका छन् ।

समृद्धिका लागि युवा अभियान नामक संस्थाले ओलीको समर्थनमा र्‍याली निकालेको हो । र्‍यालीमा एमाले समर्थित युवाहरुको सहभागिता थियो ।

‘आई अम विथ केपी ओली’ लेखेको सेतो टि-सर्टमा उपस्थित युवाहरुको र्‍याली मानवअधिकारचोक चिप्लेढुङ्गाबाट शुरु भएको थियो । र्‍याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर सिर्जना वाचन कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा समीर हुमागाईं, सुफला देवकोटा, नारायण बास्तोला लगायतले ओली र एमालेको समर्थनमा रचना वाचन गरेका थिए ।

कार्यक्रममा युवा अभियन्ता समीर हुमागाईंले पोखरामा पहिलोपटक कसैको समर्थनमा र्‍याली निस्केको बताउँदै यो ऐतिहासिक भएको बताए । उनले भने,-‘सँधै विरोधमा निस्कन्थ्यो र्‍याली, कहिले कसको त कहिले कसको विरोधमा धेरै र्‍याली निकालियो तर पहिलोपटक केपी ओलीको समर्थनमा र्‍याली निकालियो, यो ऐतिहासिक र्‍याली हो ।’

रचना वाचनमा सहभागिहरुले भारतीय चलखेलका कारण नेपालको सत्ता परिवर्तन हुन लागेको आरोप लगाए । उनीहरुले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्न चेतावनी समेत दिए ।

संख्यात्मक उपस्थिति कम भएपनि सडक पूरै ढाकेर र्‍याली निकाल्दा सवारी आवागमनमा अवरोध पुगेको थियो । जसका कारण कयौं यात्रु र्‍यालीको पछिपछि हिंड्न बाध्य भएका थिए भने विपरित दिशाबाट आएकाहरु र्‍याली कटुञ्जेल कुरेर बस्नु परेको थियो । र्‍यालीमा सहभागि मोटरसाईकल चालकहरुले हर्न बजाएर प्रदर्शन गर्दा सर्वसाधारण र र्‍यालीमै सहभागिहरुले पनि झिँझो मानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment