+
+
Shares

कोमलले ‘पोई माग्ने अन्तिम पटक हो’ भन्दा दीपाले ‘होइन’ भनिन(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३१ गते १३:०३

deepa-and-komal-dance
काठमाण्डौमा आयोजना भएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड’मा गायिका कोमल वलीले आफ्नो बजारमा आउन लागेको तीज गीत प्रस्तुत गरिन् । कोमलको तीज गीतमा यसपटक ‘पोई माग्ने अन्तिम पटक हो’ भन्ने शब्द छ । तीजमा लामो समयदेखि श्रीमान् मागेकी अविवाहित गायिका कोमलले आजसम्म पाएकी छैनन् । यसैले अन्तिम पटक उनी यो तीजमा ‘पोई’ माग्दैछिन् ।

कोमलले गीत गाउँदै गर्दा अर्की अविवाहित कलाकार दीपाश्री निरौला पनि स्टेजमा पुगिन् । ४० कटेका यी दुई चर्चित अविवाहित अनुहारले श्रीमान् माग्दै गीत गाए, नृत्य गरे ।

कोमलले अन्तिम पटक ‘पोई’ मागेको बताउँदै गर्दा दीपाले भने आफ्नो भने यो अन्तिम पटक नभएको बताइन् । कोमलले आफ्नो गीतबाट हाँस्यकलाकार दीपकराज गिरीलाई मात्र झुमाइनन्, राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई पनि नचाइन् । घिमिरेले उनलाई राम्रो गीत भन्दै वधाई दिएका थिए । कोमलको गीतमा दीपाले नृत्य गर्दा माहोल रोमान्चक बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?