+
+
Shares

देशलाई सहमतीय सरकार आवश्यकः सभामुख घर्ती

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३१ गते १४:४२

Onsari-Gharti

३१ असार, काठमाडौं । सभामुख ओनसरी घर्तीले गणतन्त्र र संविधानका लागि सँगै लडेका दलहरुले मिलेर नै सरकार बनाउनुपर्ने बताएकी छन् । उनले देशलाई सहमतीय सरकार आवश्यक रहेको बताइन् ।

सूचना तथा सञ्चार मन्त्रालय र आमसञ्चार नीति तर्जुमाका लागि गठित उच्चस्तरीय समितिले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा सभामुख घर्तीले सकेसम्म सहमतीय सरकार गठन गर्न अथवा राष्ट्रिय मुद्दाहरुमा सहमति कायम गरेर अगाडि बढ्न दलहरुलाई सुझाव दिइन् ।

प्रमुख दलका नेताहरु समेत सहभागी कार्यक्रममा सभामुख घर्तीले बजेट पारित गरेर संविधानको कार्यान्वयनमा ध्यान केन्द्रीत गर्नुपर्ने अहिलेको समयमा विवाद नगर्न सुझाव दिइन् । सहमतिका साथ अगाडि बढ्नुपर्ने जनताको आवाजलाई बेवास्ता गरिए मुलुक जटिल अवस्थामा धकेलिने खतरा उनले औंल्याइन् ।

कार्यक्रममा आम सञ्चार नीति तर्जुमाका लागि गठित उच्चस्तरीय समितिले तयार पारेको आमसञ्चार नीति तथा नियमक निकायको संरचना सम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल भएको थियो ।

उच्च्ास्तरीय समितिले आमसञ्चार सम्बन्धी नियमक निकायलाई कार्यपालिकाको सट्टा जननिर्वाचित व्यवस्थापिका मातहत राखिनुपर्ने, राष्ट्रिय आमसंचार प्राधिकरण र सार्वजनिक सेवा प्रसारक नेपाल गठन गरिनुपर्ने लगायतका सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?