३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला निवर्तमान हुने क्रममा छन् । उनीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।
ओलीको पद संकटमा परेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु दुई खेमामा बाँडिएका छन् । ओली पक्षधरले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरे ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको आहृवानमा युवाहरु राष्ट्रिय झण्डा र आइएमविथ केपी ओली लेखिएका प्लेकार्डसहित भेला भएका थिए । प्रदर्शनमा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष राजिव पहारी लगायतका नेता कार्यकर्ताको पनि संलग्नता रहेको थियो ।
प्रदर्शनका क्रममा युवाहरुले वर्तमान सरकार गिराउँदा देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने भन्दै ओली सरकार ढाल्नु नहुनेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4