+
+
Shares

देउवा र प्रचण्डले कानुनविदसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १ गते ८:४६

sherbahadur and prachanda१ साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आज कानुनसविदहरुसँग छलफल गर्दैछन् ।

नयाँ सरकार गठनबारे संवैधानिक व्यवस्थाबारे फरक फरक धारणा आएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा कानून विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । बैठक विहान १० बजेपछि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा राखिएको छ ।

कांग्रेस र माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र साउन ६ गते संसदमा छलफल हुँदैछ ।

तर, केही कानुन व्यवसायी र प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले नयाँ संविधान अनुसार वर्तमान सरकार हटाउन सक्ने तर, नयाँ बन्न नसक्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?