Comments Add Comment

दिनमा कति पटक छोइन्छ स्मार्टफोन ? अध्ययन यसो भन्छ

smartphoneतपार्इंले एक दिनमा कति पटक आफ्नो स्मार्टफोन छुनुहुन्छ ? यसको उत्तर व्यक्तिपिच्छे फरक फरक हुनसक्छ । तर एक अध्ययनले भने मानिसहरुले औषतमा दिनमा २ हजार ६ सय १७ पटक आफ्नो स्मार्टफोनलाई छुने गरेको देखाएको छ ।

अध्ययन अनुसार औषत मात्रामा मोबाइल फोन चलाउनेले दिनमा औषतमा २.४२ मिनेट मोबाइल चलाउँछन् भने अधिक मात्रामा मोबाइल चलाउनेलेे एक दिनमा ३.७५ घण्टासम्म मोबाइलको स्त्रिmनमा घोत्लिरहन्छन् ।

अमेरिकाको एक संस्थाले गरेको अध्ययनले तथ्यांकले यस्तो देखाएको हो । अध्ययनका क्रममा १ लाख सहभागी मध्ये ९४ एन्ड्रोइड प्रयोगकर्तालाई छनोट गरिएको थियो । त्यसपछि यस्तो स्मार्टफोन टूल्स बनाइयो जसले प्रयोगकर्ताको अन्तरक्रियालाई ट्रयाक गर्दथ्यो ।

२४ सै घण्टा ५ दिनसम्म मोबाइल प्रयोगकर्तालाई ट्रयाक गरेसँगै नतिजा प्राप्त भयो की मानिसहरु दिनमा औषतमा २ हजार ६१७ पटक आफ्नो स्मार्टफोन ट्याप, स्वाइप वा क्लिक गर्ने गर्दछन् ।

अधिक मोबाइल प्रयोग गर्नेहरुले दिनमा ५४ सय २७ पटक आफ्नो फोनको स्क्रिन छोएको पाइयो । यस हिसाबले स्मार्टफोन प्रयोगकर्ताले एक वर्षमा औषतमा १० लाख पटक आफ्नो मोबाइल छुने गर्छन् । अझ अधिक मात्रामा स्मार्टफोन प्रयोग गर्नेले त वर्षमा २० लाख पटक स्मार्टफोन प्रयोग गर्ने गरेको पाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment