+
+

लक्ष्मी बैंकको ‘स्वास्थ्य र आरोग्य’ सम्बन्धी कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते १७:३९

४ चैत, काठमाडाैं । लक्ष्मी बैंकले आफ्ना ग्राहकहलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको शुरूआत गरेको छ ।

लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग गरिएको सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले साझेदार अस्पतालहरुमा २०% सम्म तथा आरोग्य केन्द्रहरुमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत यो सुविधा प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त लक्ष्मी बैंकका ग्राहक तथा तीनका परिवारलाई आफ्नो सेवामा प्राथमिकता प्रदान गर्न समेत सहभागी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?