Comments Add Comment

लोकसेवा आयोगले निकाल्यो वार्षिक कार्यतालिका, कुन पदको परीक्षा कहिले ?

Loksewa-aayog
१ साउन, काठमाडौं । सरकारी सेवाका पदहरुमा पदपूर्तिका लागि परीक्षा संचालन गरी उम्मेदवार सिफारिस गर्ने जिम्मा पाएको संवैधानिक निकाय लोकसेवा आयोगले नयाँ आर्थिक वर्षको पदपूर्ति सम्बन्धी वाषिर्क कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार परीक्षा संचालन गरेपनि नतिजा प्रकाशनमा भने सधै ढिलाई गर्ने भनी आलोचित हुँदैै आएको लोकसेवा आयोगले कार्यतालिकाको बेवास्ता गर्ने गरेको निकै ढिलाई गर्ने गरेको लोकसेवा आयोगले साविक बमोजिम नै आर्थिक वर्ष २०७३।७४ को वाषिर्क कार्यतालिका सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगको कार्यतालिका अनुसार निजामती सेवाको सहसचिवको लागि असोज महिनाको अन्तिम बुधबार विज्ञापन प्रकाशित गरी मंसिर महिनामा परीक्षा संचालन गर्ने र पुष/माघ महिनमा लिखित परीक्षाको नतिजा प्रकाशन गरी माघ/फागुन महिनामा अन्तरवार्ता लिई सिफारिस गरिनेछ ।

त्यस्तै उपसचिव पदको लागि असोज महिनाको अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनेछ । पुष/माघ महिनामा लिखित परीक्षा संचालन, फागुन/चैत्र महिनामा लिखित परीक्षाको नतिजा प्रकाशन गरी चैत्र/वैशाख महिनामा अन्तरवार्ता तथा सिफारि हुनेछ ।

त्यस्तै शाखा अधिकृतमा खुल्ला प्राविधिक तर्फ कार्तिक महिनाको अन्तिम बुधबार विज्ञापन प्रकाशन, माघ।फागुन महिनामा लिखित परीक्षा संचालन, चैत्र वैशाख महिनामा लिखित परीक्षाको नतिजा प्रकाशन तथा वैशाख।जेठ महिनामा अन्तरवार्ता तथा सिफारिसको काम हुनेछ ।

शाखा अधिकृत खुल्ला प्रतियोगिताको अप्राविधिक तर्फ मंसिरको अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनेछ । पहिलो चरणको लिखित परीक्षा माघमा हुनेछ भने फागुन महिनामा पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन हुनेछ । त्यस्तै चैत्र महिनामा दोश्रो चरणको लिखित परीक्षा हुनेछ । दोश्रो चरणको परीक्षाका नतिजा जेठमा प्रकाशित गरिनेछ । असार महिना अन्तरवार्ता सम्पन्न गरी शाखा अधिकृत उम्मेदवारको सिफारिस गरिसक्ने लोकसेवाको कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै अप्राविधिक तर्फ नायब सुब्बा पदको विज्ञापन पुस अन्तिम बुधबार हुनेछ । पहिलो चरणको परीक्षा फागुन महिनामा संचालन गरी चैत महिनामा नतिजा निकालिनेछ । नायब सुब्बा पदको दोश्रो चरणको लिखित परीक्षा भदौ महिनामा संचालन हुनेछ । साउन।भदौ महिनामा लिखित परीक्षाको नतिजा निकालिनेछ भने भदौ।असोज महिनासम्ममा अन्तरवार्ता लिई नायब सुब्बाहरु सिफारिस हुनेछन् ।

त्यस्तै अप्राविधिक तर्फ खरीदारको विज्ञापन फागुन महिनाको अन्तिम बुधबार प्रकाशन हुनेछ । वैशाख महिनामा खरीदारको पहिलो चरणको परीक्षा हुनेछ भने असार महिनामा नतिजा आउनेछ । त्यस्तै असार महिनामै दोश्रो चरणको परीक्षा लिई भदौ।असोजमा नतिजा निकाल्ने र असोज।कार्तिक अन्तरवार्ता र सिफारिसको काम सक्ने लोकसेवाको कार्यतालिकामा उल्लेख छ ।

लोकसेवा आयोगले सार्वजनिक गरेको यो वर्षको कार्यतालिकामा अघिल्लो वर्षको कार्यतालिकामा खासै परिवर्तत भएको छैन । लोकसेवा आयोगले कार्यतालिका अनुसार नै लिखित परीक्षा संचालन गर्ने भएपनि नतिजा प्रकाशनमा निकै ढिलाई गर्ने गरेको छ ।

गत वर्षको कार्यतालिका अनुसार असार महिनामा शाखा अधिकृत अप्राविधिक तर्फको दोश्रो चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिसक्नु पर्नेमा साउन लागिसक्दा पनि अझै नतिजा प्रकाशन भएको छैन । त्यस्तै शाखा अधिकृत प्राविधिक तर्फ चैत वैशाखमै नतिजा प्रकाशन गरी वैशाख जेठमा अन्तरवार्ता र सिफारिस गरिसक्नु पर्नेमा बल्ल लिखित परीक्षाको नतिजा प्रकाशन गर्न सुरु गरेको छ ।

सुरक्षा निकाय र संस्थाको समेत कार्यतालिका

यो पटक देखि लोकसेवा आयोगले सुरक्षा निकाय तथा अन्य सरकारी सेवा अर्थात् संगठित संस्थाहरुमा पदपूर्तिको वाषिर्क कार्यतालिका प्रकाशन गरेको छ ।

लोकसेवा आयोगले नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका साथै नेपाल सरकारको पचास प्रतिशत भन्दा बढि स्वामित्व वा शेयर भएको संस्थान, कम्पनी, बैंक, समिति तथा संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्धाररा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र अन्य संगठित संस्थाहरुको पदपूर्तिका लागि संचालन गर्ने परीक्षाको समेत परीक्षा तालिका सार्वजनिक गरेको छ ।

निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था सँगै लोकसेवा आयोगले स्वास्थ्य तथा संसद सेवामा पदपूर्तिका लागि समेत कार्यतालिका सार्वजनिक गरेको हो ।

तालिका हेर्नुस्
psc-actionplanpsc-actionplan2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment