Comments Add Comment

भूकम्पपीडितलाई स्वरोजगार बन्ने अवसर, १५ सय ट्याक्सीको दर्ता खुल्दै

Taxi-new
१ साउन, काठमाडौं । सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको छ । भुकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यसवर्ष भुकम्पपीडितहरुका लागि लक्षित गर्दै नयाँ १५ सय वटा ट्याक्सी दर्ता गराउने निर्णय गरेको छ ।

यसका लागि पीडितहरुले आवदेन दर्ता गर्न सक्ने भएका छन् । सरकारले यही साउन ५ गतेदेखि भदौ २ गतेसम्म ट्याक्सीका लागि दर्ता निवेदन पेश गर्न समय दिएको छ ।

यातायात व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको जनाएको छ ।

आवेदन दिन १ सय रूपैयाँ शुल्क तिर्नु पर्नेछ । भुकम्पपपीडितको आधिकारिक प्रमाणपत्रभएकाले मात्र यो अवसर पाउने भएका छन् ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गर्न सक्नेछन् ।

माग संख्या भन्दा बढी आवेदन परेमा गोलाप्रथा गरिने विभागले जनाएको छ ।

सूचना हेर्नुस्

taxi-earthquake-victims

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment