+
+
Shares

यो हो दुनियाको सबैभन्दा महंगो नङपालिस, मूल्य अढाइ करोड

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते ९:४५

नङको सुन्दरताका लागि महिलाहरुले स्पा देखि नेल आर्ट सम्मको सहारा लिन्छन् ।

world-expensive-nail-polish_फेसनका शौखिन महिलाहरुलेे हरेक दिन पहिरनसँग मिल्दो नङपालिस लगाउँछन् । यसरी नङपालिसमा थेरधोर पैसा खर्च गर्नु सामान्य हो । तर के कुनै महिलाले नङपालिसमा करोडौँ रुपैयाँ खर्च गर्न सक्लान् ? सायद मनपर्ने नङपालिसका लागि जतिपनि मूल्य चुकाउन पछि नपर्ने धनाढ्य महिलाहरु यो दुनियामा भएकै कारण संसारमा साढे दुइ करोड भन्दा बढि मूल्य पर्ने नङपालिस समेत बनेका छन् ।

दुनियाको सबैभन्दा महंगो नङपालिसको मूल्य साढे दुइ लाख डलर पर्छ । एजेचर ब्राण्डको यो नङपालिस कालो हिरायुक्त नङपालिस हो ।

यो नङपालिसको मूल्य यति बढि हुनुको कारण यसमा २६७ कालो हिराका पत्थर रहेका छन् ।

यो नङपालिसका अहिलेसम्म २५ जनामात्र ग्राहक फेला परेका छन् । अन्य ५७६ जना व्यक्तिले यो नङपालिस किन्नका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

हलिउडस्टार मेगन फक्स, केली क्लार्कसन तथा लिव टायलरले यो ब्लाक डायमन्ड नङपालिस खरीद गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?