+
+
Shares
मेट गाला २०२५ :

‘मेट गाला’मा शाहरुख खानको डेब्यु (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते ९:१५

काठमाडौं । विश्व फेसनको महाकुम्भ मानिने मेट गालाको यसवर्षको संस्करण नेपाली समयानुसार मंगलबार बिहान अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ । हलिउड, बलिउडदेखि के-पप स्टारले यो मेलामा फेसनको जादू देखाए ।

यसवर्षको मेट गालाको थिम नै कालो रङ थियो । यही रङको पहिरनमा बलिउड स्टार शाहरुख खानले रेडकार्पेटमा डेब्यु गरे । ‘मलाई पहिलोपटक नर्भस महसुस भैरहेको छ’ अन्तर्राष्ट्रिय संचारमाध्यमसँग उनले भने ।

भारतीय प्रतिष्ठित डिजाइनर सब्यासाचीको डिजाइनमा शाहरुख प्रस्तुत भए । उनले कालो ब्लेजर लगाएका थिए जसलाई उनले मिल्दोजुल्दो कालो ट्राउजरसँग जोडे । उनले धेरै अन्य नेकपिससँगै ठूलो ‘के’ लेखिएको नेकलेस पनि लगाएका थिए । सब्यसाचीले उनलाई आधुनिक लुक दिए, जुन शाहरुख खानले सहजै लगाउँछन् ।

यो वर्ष भारतीय फ्यानहरूका लागि विशेष छ किनकि शाहरुखको साथै कियारा आडवाणी र दिलजीत दोसांझ जस्ता स्टारहरूले पनि मेट गालामा डेब्यू गरेका छन् । कियारा बेबी-बम्पसहित प्रस्तुत भइन् ।

प्रियंका चोपडाले पाँचौपटक मेटगालामा सहभागिता जनाइन् । उनी पति निक जोनससहित प्रस्तुत भइन् । न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टको च्यारिटीको लागि हरेक वर्षको मे ५ मा मेट गाला आयोजना हुन्छ ।

यसवर्ष मोनिका एल मिलरको पुस्तक ‘स्लेभ्स टु फेसन : ब्ल्याक ड्यान्डिज्म एन्ड द स्टाइलिङ अफ ब्ल्याक डायस्पोरिक आइडेन्टिटी’बाट प्रेरित भएर ‘सुपरफाइन : टेलरिङ ब्ल्याक स्टाइल’ को थिम तयार पारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?