Comments Add Comment

ट्वाइलेटमा धेरै बेर लगाउँदा जागिर चट्

toiletट्वाइलेटमा जाँदा कसैको जागिर नै गएको घटना सुन्नुभएको छ ? दिसा पिसाब गर्ने जस्तो अति नै सामान्य तर महत्वपूर्ण नित्य कर्म गर्दा दुनियामा कसैको जागिर नै जान्छ भने त्यो भन्दा अभागी को होला ?

ट्वाइलेटमा गएर धेरै बेर लगाउँदा मात्र होइन अन्य अनौठो कारणले जागिर गुमाउनेहरु यो दुनियामा धेरै पाइँदा रहेछन् । हि्वस्पर नामक एपमा जागिर गुमाएकाहरुले आफ्ना यस्ता तितो अनुभव शेयर गरेका हुन् । अनौठो कारणले जागिर गुमाएका केही नमूना यस्ता छन्ः

म दिसा गर्नका लागि ट्वाइलेट गएँ कार्यालयमा । ट्वाइलेटमा ट्वाइलेट पेपर थिएन । त्यसैले मलाई ट्वाइलेट पेपर लिएर आउनका लागि साथीलाई आग्रह गर्नुपर्यो र यसका लागि केही समय लाग्यो । र, मलाई आफ्नो डेस्कमा लामो समयसम्म अनुपस्थित भएको भनी जागिरबाट निकालियो ।

मलाई हाकिमले जागिरबाट निकाले किनकी मैले उनकी छोरीसँग झगडा गरेको थिएँ । खासमा उसले मलाई धोेका दिएको थाहा पाएपछि म झगडा गरेको थिएँ ।

त्यस्तै शेफको काम गर्ने एक पूर्व कामदारले तोरीको तेलको निहुँमा आफुलाई जागिरबाट निकालिएको बताएका छन् ।

अर्का एक अभागी लेख्छन्ः म मेरो हजुरबाको अन्त्येष्टिमा थिएँ । त्यहीँबेला मेरो हाकिमको एसएमएस प्राप्त भयो । जसमा लेखिएको थियो, तिमी यहाँको लागि योग्य छौ भन्ने मलाई लागेन । वास्तमा उनले ५ महिनामा एक पटक मात्र कार्यालयमा अनुपस्थित भएका थिए ।

त्यस्तै एकजना महिला कर्मचारीले चाहीँ आफुले पाहुनाको नाम राम्रोसँग उच्चारण गर्न नजान्दा जागिरबाट निकालिएको बताएकी छिन् ।

त्यस्तै हाकिम्नीले आफ्नै साथीलाई जागिर खुवाउनका लागि आफुलाई जागिरबाट हटाएको अर्का एकजना गुनासो छ ।
त्यस्तै आफ्नो ढाडको सर्जरी २ हप्तामा निको नभएकोमा हाकिमले तिमी विश्वास गर्न लायक रहेनछौ भनेर अपfmुलाई जागिरबाट निकालेको एकजनाको गुनासो छ ।

स्मरण रहोस्, चीनमा एक महिला प्रहरी अधिकृतले पुलिस पोषाकमै आफ्नो चोँचो परेको मुख सहित सेक्सी सेल्फी खिचेर अनलाइनमा पोष्ट गरेबापत जागिरबाट बर्खास्त हुनुपर्यो । उनले आफ्नो त्यो सेल्फी चिनिया सोसल मिडिया विबोमा पोष्ट गरेकी थिइन् ।

त्यस्तै, बेलायतमा एकजना युवतीलाई जागिरबाट यस कारण निकालियो की उनले हाइ हिल लगाउन मानिनन् । एक सस्थामा रिसेप्सनिष्टको जागिर गर्ने ती युवतीले संस्थाका नियमानुसार हाइ हिल्स लगाउन नमानेका कारण उनलाई जागिरबाट निकालियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment