Comments Add Comment

जन्मदिनमा कट्रिना फेसबुकमा, सलमान र साहरुखले गरे स्वागत

katrina kaif hot
बलिउड नायिका कट्रिना कैफ ३३ वर्ष लागेकी छिन् । दशकअघि बलिउडमा प्रवेश गरेकी कट्रिना अहिलेसफल नायिकाको रुपमा चिनिन्छिन् । सन् २००३ मा बनेको ‘बुम’ वाट करिअर सुरु गरेकी कट्रिनाले यो विचमा केही उतार चढाब पार गरिन् । उनका निजी जिन्दगीसँग जोडिएका केही तथ्यहरु यस्ता छन् ।

१.सन् १९८३ जुलाई १६ मा उनको जन्म भएको थियो । १४ वर्षको उमेरमा उनी परिवार सहित हवाई पुगेकी थिइन् । त्यसपछि लण्डन हुँदै पुन मुम्बई आएकी थिइन् ।

२. कट्रिनाको सात दिदी बहिनी र एक भाई छन् । विभिन्न मुुुलुकमा घुम्दा घुम्दै अहिले कट्रिनाकी आमा चेन्नईमा छोरीसँगै बस्छिन् ।

३.१४ वर्षको उमेरमा मोडलिङवाट उनले करिअर सुरु गरेकी थिइन् । निर्देशक कायजाद गुस्तादले एउटा फेशन शोमा कट्रिनाको प्रस्तुती देखेपछि उनलाई चलचित्र ‘बुम’मा अभिनय गराएका थिए ।

४.’बुम’मा काम गर्दा उनको हिन्दी राम्रो थिएन । तैपनि उनी बलिउडमै करिअर बनाउने अभियानमा थिइन् । उनले तेलुगु ‘रमलयालम’ चलचित्रमा पनि अभिनय गरेकी छिन् । दक्षिण भारतीय चलचित्र ‘मल्लेश्वरी’मा काम गरेर उनले ७० लाख पारिश्रमिक पाएकी थिइन् ।

५.उनको असली नाम कट्रिना टारकेटी हो । कटि्रनाको बुबाको नाम मोहम्मद कैफ हो । निर्देशक कायजाद गुस्तादले ‘बुम’मा काम गर्ने बेलामा कट्रिनालाई कैफ लेख्न सुझाब दिएका थिए ।

६.’मैने प्यार क्यू किया’मा काम गरेपछि उनको सलमान खान सँगको सम्बन्ध गाढा भएको थियो ।

कट्रिनाले आफ्नो जन्मदिनको अवसर पारेरै फेसबकु पेज पनि सुरु गरेकी छिन् । उनलाई फेसबुकमा बलिउडका २ चर्चित नायक सलमान खान र साहरुख खानले स्वागत गरेका थिए । कैफले पेज सुरु गरेको ४८ घन्टा नवित्दै पेजमा लाइक गर्नेको संख्या ४२ लाख पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment