+
+
Shares

‘पीके’ बन्यो गुगलमा सर्वाधिक खोजिएको चलचित्र, सन्नी फेरि पहिलो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते ११:३८

sunny leone hot
सर्च इन्जिन गुगलमा पछिल्लो एक दशकमा भारतीय कलाकार मध्ये सबै भन्दा धेरै खोजी सलमान खान र सन्नी लियोनीको हुने गरेको छ । समाचार एजेन्सी पीटीआइका अनुसार गुगलले एउटा सूची सार्वजनिक गरेको छ । उक्त सूची अनुसार सलमान सर्वाधिक खोजी हुने पात्रका रुपमा छन् । त्यसपछि क्रमश साहरुख खान, अक्षय कुमार र अमिताभ बच्चनको नाम आएको छ ।

त्यस्तै १० अभिनेताको सूचीमा ऋतिक रोशन, शाहिद कपुर, रणबीर कपुर, आमिर खान र इमरान हाशमीको नाम छ । पछिल्लो दशकमा सर्वाधिक खोजिने नायिकाको रुपमा पर्छिन् सन्नी लियोनी । त्यसपछि कट्रिना कैफ, करिना कपुर, काजल अग्रवाल, दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, प्रियंका चोपडा, तमन्ना भाटिया, आलिया भट्ट र सोनाक्षी सिन्हा आउँछन् ।

प्रभुदेवा सबै भन्दा धेरै खोजिने निर्देशकका रुपमा चिनिन्छन् । यसपछि करन जौहर, फरहान अख्तर, राज कपुर, राम गोपाल वर्मा र फराह खान सूचीमा खोजिने पात्रको रुपमा चिनिएका छन् ।

आमिर खानको ‘पीके’ सबै भन्दा धेरै खोजिएको भारतीय फिल्म बनेको छ । १० बर्षको अवधीमा सर्वाधिक धेरै खोजिन् चलचित्रमा आमिरको ‘पीके’ पहिलो स्थानमा आएको हो । ‘कहानी, बाहुबली, आशिकी-२, धुम-३, किक, बजरंगी भाइजान, ह्याप्पी न्यु इयर, हिरो र एक-भिलेन’ पनि सबै भन्दा धेरै हेरिएको चलचित्रको सूचीमा परेका छन् ।

गायकको रुपमा हनी सिंह सबै भन्दा अगाडि छन् । आतिस असलम, अरिजीत सिंह, लता मंगेशकर, सोनु निगम, किशोर कुमार, श्रेया घोषाल र सुनिधी चौहान पनि धेरै खोजिने गायक-गायिकाको सूचीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?