+
+
Shares

संघीय गठवन्धनले नयाँ सरकारलाई सशर्त समर्थन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते १४:०६

Gathabandhan_meeting

२ साउन, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले नयाँ सरकारलाई सशर्त समर्थन गर्ने बताएको छ ।

खुलामञ्चमा जारी रिले अनसन सकिएपछि गठवन्धन समिक्षा बैठकमा जुटेको छ । आइतबारबाट सुरु भएको बैठकमा अधिकांश नेताले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताए ।

तर, कांग्रेस-माओवादी गठवन्धनमा बन्ने नयाँ सरकारलाई भने सशर्त समर्थन गर्ने उनीहरुले बताएका छन् । ‘हाम्रा माग पूरा गर्ने प्रतिवद्धता आए सरकारलाई समर्थन गर्छौं,’ सदभावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘तर, हामी अहिले नै सरकारमा सहभागी हुँदैनौं ।’

समिक्षाका क्रममा संयोजक उपेन्द्र यादवसहितका केही नेताहरुले बोल्न बाँकी छ । सोमबारको बैठकमा संयोजक यादवसहित वरिष्ठ नेताहरुले बोलेपछि आगामी आन्दोलनका कार्यक्रमबारे छलफल हुने नेता केशव झाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?