+
+
Shares

एनअारएन युरोपको नोवाैं बैठकको तयारी पूरा

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ साउन २ गते १८:२२

NRN-Europe

बार्सिलोना । गैरआवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी जुलाई ३० र ३१ मा डेनमार्कको कोपेनहेगनमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो। क्षेत्रीय बैठक आयोजक कमिटीको सचिवालय बैठकले तयारी बारे छलफल गर्दै अब अन्तिम चरणमा पुगेको जनाएको छ।

“युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित युरोपेली बैठक हुन लागेको हो। देशमा बिनाशकारी भूकम्प पछि पुनर्निमाण र पर्यटन क्षेत्रलाई बैठकले बढवा दिने अपेक्षा राखिएको छ। सन् २०१४ को बार्सिलोनामा सम्पन्न पछिल्लो युरोपेली बैठक भने “युरोपमा एनआरएन अभियान,नेपाल र नेपालीको पहिचान” भन्दै सम्पन्न भएको थियो।

एनआरएनए युरोप क्षेत्रीय संयोजक तथा तयारी समितिका संयोजक कुल आचार्यले बिभिन्न क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्। बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुबाट सहभागीहरु सबैले अनलाईन दर्ता तथा होटल बुकिङ समयमा नै गरिदिए बैठक झनै प्रभावकारी हुने संयोजक आचार्यले बताए।

तयारी समितिका सदस्य सचिव सोम सापकोटाले बैठकका लागि हालसम्म २६ हजार युरो प्रतिबद्दता रकम उठिसकेको जानकारी दिए। दुई दिनको बैठक बाहेक अघिल्लो दिन जुलाई २९ तारिख हुने बिभिन्न कार्यक्रमहरु बारे पनि छलफल भईरहेको सापकोटाले बताए।

आगामी हप्ता टेलीकन्फरेन्स मार्फत नवौ युरोपेली बैठक तथा सातौ महिला सम्मेलन बारे अन्तिम युरोपस्तरीय तयारी बैठक बस्ने भएको छ। बिभिन्न उपसमितिहरुको विवरण, आर्थिक संकलन, स्मारिका प्रकाशन,  दर्ता प्रक्रिया लगायत बिबिध बिषयहरु अन्तिम छलफल गर्दै सम्पूर्ण तयारी पुरा गर्ने संयोजक आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?