+
+
Shares

एमाले स्थायी समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ४ गते ८:२८
फाइल फोटो
फाइल फोटो

४ साउन, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्नेबारे छलपल गर्न एमालेको स्थायी समिति बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे बैठक बालुवाटारमा बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिब कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । पछिल्लो राजनीतिक परिस्थिति, अविश्वासको प्रस्ताव विरुद्ध संसदमा पार्टीको भूमिका लगायतका विषमा छलफल केन्द्रीत हुने श्रेष्ठले बताए ।

सत्तासाझेदार दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिर्दै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै नयाँ सरकार गठनमा विवाद देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अविश्वासको प्रस्ताव र राजीनामासँगै जान नसक्ने भन्दै राजीनामा नदिने बरु संविधानअनुसार नै अघि बढ्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?