Comments Add Comment

विन्डोज १० को लक्ष्य पूरा नहुने

Satya Nadellaसन् २०१८ सम्ममा एक अर्व वटा कम्प्युटर तथा स्मार्टफोन डिभाइसमा आफ्नोे नयाँ अपरेटिंग सिस्टम विन्डोज १० इन्स्टल गराउने माइक्रोसफ्टको लक्ष्य पूरा नहुने भएको छ ।

खासगरी आफ्नो स्मार्टफोन व्यवसायका आएको समस्या लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको माइक्रोसफ्टले जनाएको छ ।
एन्ड्रोइड र एप्पलका स्मार्टफोनले बजारमा प्रभुत्व जमाइरहेका बेला माइक्रोसफ्टको विन्डोज अपरेटिंग सिस्टमवाला स्मार्टफोनले बजारमा अस्तित्वकै लागि संघर्ष गर्नु परिरहेको अवस्था छ ।

अहिले विश्वमा ३५ करोडवटा डिभाइसमा विन्डोज १० प्रयोग भैरहेको माइक्रोसफ्टको तथ्यांक छ ।

गत वर्षको जुलाइमा सार्वजनिक भएको विन्डोज १० डेस्कटप, ल्यापटप, ट्याबलेट, स्मार्टफोन, एक्सबक्स वन जस्ता गेमिंग कन्सोल लगायतका सबैखाले ग्याजेटलाई मिल्ने एकिकृत अपरेटिंग प्लाटर्फमको रुपमा रहेको छ ।

विन्डोज १० औपचारिक रुपमा सार्वजनिक गर्नुअघि माइक्रोसफ्टले सन् २०१८ मा एक अर्ब डिभाइसमा यो अपरेटिंग सिस्टम प्रयोगमा ल्याउने लक्ष्य तोकेको थियो ।

तर आफ्नो स्मार्टफोन व्यवसायसँगै आबद्ध ७८ सय कर्मचारीलाई बर्खास्त गर्ने तथा सन् २०१४ मा ७ अर्ब २० करोडमा किनेको नोकियाको मोबाइल व्यवसाय बिक्रि गरेसँगै उसको यो लक्ष्यमा तत्कालै धक्का लागेको थियो ।

गत महिनामात्रै माइक्रोसफ्टले नोकियाको मोबाइल व्यवसायको स्वामित्व पूर्ण रुपमा बिक्रि गर्दै त्यसमा कार्यरत कर्मचारी समेत कटौती गरेको थियो ।

विन्डोज १० रिलिज गर्दा माइक्रोसफ्टले वर्षमा ५ कोड विन्डोज फोन बिक्रि हुने अनुमान गरेको भएपनि विन्डोज फोनको बिक्रि त्यो भन्दा निकै नगन्य हुँदै आएको छ । अहिले विन्डोज फोनले अमेरिकामा कुल स्मार्टफोन बिक्रिको १.६ प्रतिशत तथा चीनमा ०.४ प्रतिशत ओगट्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment