Comments Add Comment

बुधबार १० अर्बको रिभर्स रिपो आउँदै

Nrb-810
४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (भोली) १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बजारमा भएको अधिक तरलता खिच्ने उद्देश्यले राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । असारको अन्तिममा सरकारी विकासखर्च अत्यधिक बढेकाले बजारमा तरलता बढेको छ ।

राष्ट्र बैंकले जारी गर्ने रिपोको समयावधि ७ दिनको हुनेछ । साउन ५ मा निष्काशन भएको रिपो साउन १२ गते म्याचुअड हुने राष्ट्र बैंकले् जनाएको छ ।

गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक-पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगनी गर्न पाउनेछन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एगि्रमेन्ट अनिवार्य हुनुपर्नेे राष्ट्र बैंकले जनाएको छ ।

रिपोमा सहभागी हुन बैंकहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोलमा परेको सबैभन्दा कम व्याजदरलाई आधार मानेर व्याजदर निर्धाण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment