+
+
Shares

मैले भनेको कांग्रेस र माओवादीले मानेनन्ः सभामुख

राजनीतिक दलबीच सहमति भए अडान फेर्न तयार

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ४ गते १४:०९

Onsari-Gharti

४ साउन, काठमाडौं । सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावमा छलपल हुनु अघि आर्थिक विधेयक पारित गर्न चाहेको बताएकी छन् । आफूले तीन दिनसम्म यस विषयमा छलफल गर्दा पनि कांग्रेस र माओवादीले नमानेको भन्दै उनले चित्त दुखाइन् ।

सत्ता पक्षका सांसदहरुले आर्थिक विधेयक सम्बन्धी प्रस्तावलाई कार्यसूचीलाई हटाएर पछि सारेको भन्दै सभामुखप्रति असन्तुष्टि जनाइरहेका बेला उनले भने आफू तटस्थ भूमिकामै रहेको दाबी गरिन् ।

बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार सन्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले भनिन्, ‘तीन दिनसम्म प्रयास गर्दा पनि सहमति जुटाउन सकिनँ । अविश्वासको प्रस्ताव दर्ता भए पनि ति विधेयकमाथि कांग्रेस माओवादीले छलफल गर्न दिन्छन् भन्ने लागेको थियो तर उनीहरुले मानेनन् ।’

मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको बताउँदै उनले भनिन्,’दलहरुबीच सहमति हुन्छ भने म कुनै पनि विकल्प रोज्न तयार छु । समय फेर्न तयार छु ।’

आफूलाई पूर्व पार्टीको भनेर नहेर्न पनि उनले आग्रह गरिन् । ‘राष्ट्रपतिलाई एमालेको, मलाई माओवादीको र प्रधानन्यायाधीशलाई के को भनेर हेरिदिन भएन,’ सभामुख घर्तीले भनिन्, ‘मैले संविधान, नियमावली र विगतका परम्परालाई हरेर काम गर्ने हो ।’

प्रधानमन्त्रीलाई पनि धेरैले भ्रममा राखेको भन्दै उनले उनीसमेत लचिलो गरी प्रस्तुत भएको जानकारी दिइन् । ‘उहाँले यसमा छलफल गर्छु र तपाइँलाई जानकारी गराउँछु भन्नु भएको छ,’ सभामुख घर्तीले भनिन्, ‘अझै पनि समय छ । यसबीचमा सहमति जुट्यो भने समय तोक्ने काम सभामुखको अधिकार हो । त्यसमा हेरफेर हुनसक्छ ।’

सभामुख घर्तीले आर्थिक विधेयक पास गर्न रोकेको भनेर सत्ता पक्षका सांसदहरुले आलोचना गरिरहेका बेला उनले त्यसमा लचिलो हुने संकेत गरिन् ।

अविश्वासको प्रस्तावमा विहीबार छलफल हुँदैछ । बिहीबार १० बजेसम्म दलहरुबीच सहमति नभए आफू प्रक्रियामा जाने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?