+
+
Shares

अदालतको सफाइपछि सहसचिव साहले भने-नियमित अनुगमन नगर्दा उपभोक्ता ठगिए

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ४ गते १७:०२

ramaadhar-saha
४ साउन, काठमाडौं । सहसचिव रामआधार साहले पेट्रोल पम्पहरुमा सम्बद्ध निकायले सही, वैज्ञानिक, प्रक्रियाबद्ध र नियमित रुपमा अनुगमन नगर्दा उपभोक्ताहरु ठगिएको बताएका छन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागका पूर्वमहानिर्देशक समेत रहेका साहले सीललगायत पम्पको सम्पूर्ण रुपमा निरीक्षण र तेलको बहाव नापजाँच गर्ने काम नहुँदा उपभोक्ताहरुलाई ठगीमा पर्नुपर्ने स्थिति रहेको बताए ।
पेट्रोल पम्पमा तेल ठगी गर्न चिप्स जोडेको आरोपमा अदातलतले निर्दोश ठहर गरेपछि उनले पत्रकार सम्मेलन गर्द उनले यस्तो बताएका हुन् ।

मंगलबार रिपोर्टर्स क्लवमा सहसचिव साहले कर्मचारीको मिलोमतोबिना पेट्रोलपम्प व्यावसायीहरुले गलत उपकरणको प्रयोग गरेर ठगी गर्न नसक्ने दाबी पनि गरे । उनले भने, ‘दुरुस्त सीलभित्र तेललाई घटबढ गर्ने रिमोटको चिप्सजस्ता उपकरणहरु जोड्न कर्मचारीको मिलोमतोबिना सम्भव छैन ।’

उपत्यकाका १९ ओटा पेट्रोलपम्पमा तेललाई घटबढ गर्ने रिमोटको चिप्स फेला परेपछि गत साल मङ्िसर २७ गते सहसचिव साहलाई पक्राउ गरी प्रहरीले कालोबजारी तथा ठगी मुद्दा लगाएको थियो ।

साहले नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक हुँदा पेट्रोपम्पहरुमा डिजिटल प्रविधि जडान गर्न लगाएको भन्दै प्रहरीले पक्राउ गरेर अनुसन्धान तथा कार्वाहीलाई अघि बढाएको थियो ।

पुर्पक्षका लागि गत सात महिनायता कारागारमा रहँदैआएका साहलाई जिल्ला अदालत ललितपुरले गत असार २४ गते निर्दोष ठहर गर्दै सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?