+
+
Shares

डा. केसीको समर्थनमा बृहत सञ्जाल गठन, डा. बाबुराम पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ४ गते १७:४३

Dr.-Govinda-KC,Hunger Strike

४ साउन, काठमाडौं । आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अभियोनको पक्षमा बृहत सञ्जाल गठन भएको छ ।

विभिन्न राननीतिक दल, विद्यार्थी संगठन, नागरिक सञ्जाल र अभियान्ताहरुको भेलाले सोलिडारिटी फर डा. गोविन्द केसी एलायन्स गठन गरेको छ ।

डा. जीवन क्षेत्रीले संयोजक गरेको भेलामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील नेपाली दलका उज्जल थापा, अनेस्ववियु क्रान्तिकारीका राम नेपाली थिए । यस्तै नेपाल रेजिडेन्ट डक्टर्स सएशोसिएनका नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी लगायत सहभागी थिए ।

शिक्षण अस्पतालमा भएको भेलाले साउन ८ गते शनिबार माइतीघर मण्डलाबाट बानेश्वरसम्म बृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । डा. केसीको स्वास्थ्य नाजुक बन्दा समेत राज्यले सम्बोधन नगरेको र समस्या समाधानका लागि पहल समेत नगरेको भेलाको ठहर छ ।

राज्यसँग चलिरहेको अनौपचारिक सम्वादलाई कायम राख्दै सकेसम्म छिटो वार्ता गर्न दबाव दिने र सबै उपाय अपनाएर अभियानलाई निष्कर्षमा पुर्‍याउने हाम्रो साझा अठोट छ’ एलायन्सले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?