Comments Add Comment

अर्घाखाँचीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

५ साउन, अर्घाखाँची । अर्घाखाँचीको ठाडामा मंगलबार ट्रिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना गम्भीर घाइते भएका छन् ।

बिहान साढे ५ बजे बा ३ ख ७०९५ नम्बरको ट्रिपर ठाडा-३ अमराई गोरथुममा दुर्घटना हुँदा कपिलबस्तु पत्थरकोटका २० वर्षीय विशाल सारुमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।

गम्भीर घाइते सात जनाको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भइरहेको छ ।

नरपानीबाट कपिलबस्तुका लागि छुटेको सो ट्रिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment