निर्माणपक्षले नायक विराज भट्टलाई सुपरस्टारको कमब्याक भन्दै ‘जय परशुराम’को ट्रेलर सार्वजनिक गरेको छ । निर्माता रोज राणाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा विराज प्रहरी अफिसर्सको भूमिकामा देखिएका छन् ।
तराइमा हुने गुण्डागर्दी र सच्चा प्रहरीको कथामा यो चलचित्र बनेको काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । नायक विराज भट्टले चलचित्र राम्रो बनेको भन्दै दर्शकको मायाको अपेक्षा गरे । ५ बर्ष भोजपुरी चलचित्रमा अभिनय गरेका विराज नेपाली चलचित्रमा फर्किएका हुन् ।
नायिका निशा अधिकारीले पनि चलचित्र राम्रो बनेको भन्दै दर्शकले मन पराउनेमा ढुक्क रहेको बताइन् । रविन तामाङ यो चलचित्रमा खल-नायकको भूमिकामा देखिएका छन् ।
चलचित्रमा एनवी महर्जनको एक्सन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रले इनिसियल व्यापार गर्नेमा ढुक्क रहेको बताए । निर्देशक रोज राणाले आफूले पनि केही बर्ष विश्राम लिएर यो क्षेत्रमा फर्किएको भन्दै दर्शकले मसलेदार चलचित्र खोजेकाले ‘जय परशुराम’ बनाएको बताए ।
प्रतिक्रिया 4