News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री निशा अधिकारीले प्रतिनिधिसभा चुनाव खर्च ७ लाख ७६ हजार ९२१ रुपैयाँ र आम्दानी विवरण सार्वजनिक गरेकी छन्।
- उनले सामाजिक संजालको विज्ञापन र डिजाइनमा २ लाख ५० हजार रुपैयाँ खर्च गरेको र २४ जनाबाट ५ लाख ४९ हजार ६७ रुपैयाँ व्यक्तिगत सहयोग पाएको उल्लेख गरेकी छन्।
- निशाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन् र अहिले फिल्म 'कस्तुरी' को छायांकनमा व्यस्त छिन्।
काठमाडौं । प्रतिनिधिसभा चुनाव लडेकी अभिनेत्री निशा अधिकारीले चुनाव खर्च र आम्दानी विवरण सार्वजनिक गरेकी छन् ।
जिल्ला निर्वाचन कार्यालयमा उनले पेश गरेको विवरणमा उनको चुनाव खर्च ७ लाख ७६ हजार ९२१ रुपैयाँ भएको उल्लेख छ ।
सबैभन्दा धेरै सामाजिक संजालको विज्ञापन र डिजाइनमा भएको देखिन्छ, जहाँ उनले २ लाख ५० हजार रुपैयाँ खर्चिएकी छन् । स्वयंसेवकको खाजा, खाना, यातायातसहितका शीर्षकमा १ लाख २९ हजार ७०७ रुपैयाँ खर्च भएको देखिन्छ ।
आम्दानीतर्फ, आफ्नो दल गतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट २ लाख, २४ जनाबाट प्राप्त व्यक्तिगत सहयोगतर्फ ५ लाख ४९ हजार ६७ र उम्मेदवारको तर्फबाट २७ हजार ८८५ रुपैयाँ देखाएकी छन् ।
‘चुनावी अभियान सञ्चालन गर्दा सकेसम्म कम खर्चिलो, तडकभडक बिना र पारदर्शी हिसाबले अभियान चलाउने प्रयास गरेको थिएँ’ निशाले लेखेकी छन्, ‘अभियानमा संवाद र नागरिकसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिइएको थियो । घरदैलो, साना भेटघाट र खुला छलफलमार्फत राजनीति गर्ने प्रयास गरिएको थियो ।’
निशाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट लडेकी थिइन् । कामको कुरा गर्दा, निशा अहिले फिल्म ‘कस्तुरी’ को छायांकनमा ब्यस्त छिन् ।
प्रतिक्रिया 4