५ साउन, काठमाडौं । एनबी इस्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १३औं शाखा काठमाडौंको गोंगबुमा स्थापना गरेको छ । शाखाको उद्घाटन संचालक समितिका सदस्य योगेश्वर शर्मा ढकालले उद्घाटन गरे ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यापारीलयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधी, सहकारी संस्थाका प्रमुख तथा सर्वसाधारणको उपस्थिति थियो ।
कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीलेे हालसम्म १३ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ७ वटा सेवा काउन्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4