+
+
Shares

सेयर दलालको कमिशन ४० प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते १९:१६

Stock-broker
५ साउन, काठमाडौं । सेयर कारोबार गर्दा ब्रोकर (दलाल) लाई तिर्नुपर्ने कमिशन ३५ प्रतिशतले घटेको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले ब्रोकरको कमिशन घटाउने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (स्टक ब्रोकर) नियमावली संशोधन गरेर सेयर कारोबारमा लिइँदै आएको कमिशन घटाएको हो ।

अब कति कमिशन तिर्नुपर्छ ?
अब लगानीकर्ताहरुले सेयर कारोबार गर्दा अधिकतम ०.६० प्रातिसत मात्रै ब्रोकर कमिशन तिर्नुपर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशतका दरले कमिशन तिर्नुपर्छ ।

त्यसैगरी, ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबार गर्नेले ०.५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिसत, २० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिसत र १करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिसतका दरले मात्रै कमिशन तिर्नु पर्ने छ ।

यसअघि कति तिनुपथ्र्यो ?
५० हजार सम्मको कारोबारमा १ प्रतिशत, ५० हजार देखि ५ लाख रुपैयाँसम्म ९० प्रतिशत, ५० लाख देखि २० लाख रुपैयाँसम्म ९० प्रतिशत, २० लाख देखि १ करोड रुपैयाँसम्म ७० प्रतिशत र १ करोडदेखि माथि ६५ प्रतिशत कमिशन तिर्दै आएका थिए ।

बोर्डलाई पनि तिर्नुपर्ने
धितोपत्र बोर्डलाई ब्रोकरले ०.६ प्रतिसतका दरले शुल्क बुझाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।
नेप्सेको आम्दानी घट्ने

ब्रोकर कमिशनसँगै नेपाल स्टक एक्सचेन्जकोे आम्दानी पनि घट्ने देखिएको छ । नयाँ व्यवस्थाअनुसार नेप्सेले कुल ब्रोकर कमिशनको २० प्रतिसत पाउँछ । यस अघि २५ प्रतिसत पाउने व्यवस्था थियो । ब्रोकरकै कमशिन घट्ने भएपछि नेप्सेको आम्दानीमा असर देखिने भएको हो ।

कसले लागू गर्छ ?
धितोपत्रको कारोबार गर्ने निकाय नेपाल स्टक एक्सचेञ्जले नयाँ कमिशन दरको लागू गर्छ । सेयर कारोबारमा नेप्सेले आफ्नो कमिशन सिस्टमबाट नै काट्दै आएको छ ।

तत्काल लागू गर्न निर्देशन
चाँडोभन्दा चाँडो नयाँ कमिशन दर लागू गर्न एक्सचेञ्जलाई निर्देश्न दिइसकिएको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए । दक्षिण एसियामै नेपालका सेयर ब्रोकरको कमिशन धेरै भएकाले घटाउनु परेको उनले जानकारी दिए ।

व्यवसायीलाई असर गर्दैन
सेयर कारोबार रकम निकै उच्च भएकोले ब्रोकर कम्पनीहरुलाई खास असर नपर्ने विश्लेषण बोर्डको छ । हाल दैनिक २ अर्ब रुपैयाँका दरले सेयर कारोबार भइरहेको छ । दैनिक १५/२० करोड रुपैयाँको सेयर कारोबार हुँदा कायम गरिएको कमिशन दर सेयर कारोबार बढेसँगै घटाइएको हो ।

यो पनि पढ्नुस्

साउनदेखि सेयर दलालको कमिशन ४० प्रतिशत घटाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?