Comments Add Comment

सभामुखको पहलमा तीन दलबीच सहमतिको प्रयास

संसद बैठक बस्नुअघि शीर्ष नेताहरु वार्तामा जुटे

3 Party meeting_onsari६ साउन, काठमाडौं । संसदको कार्यसूचीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछिन् ।

संसद बैठकको निर्धारित समयभन्दा केही घण्टाअघि सभामुखले अन्तिम प्रयासका लागि तीनै शीर्ष नेतालाई छलफलका लागि बोलाइएकी हुन् । विहान ९ बजे बोलाइएको बैठकमा १० बजे  माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।

‘सहमतिको प्रयास गर्न सभामुखले तीन दलका शीर्ष नेताहरुलाई छलफल गर्न बिहान ९ बजे बोलाउनुभएको थियो, अनलाइनखबरसँग कुरा गर्दै सभामुख घर्तीका स्वकीय सचिव बासुदेव शर्माले भने, सभामुखज्यू, विहान ९ बजेदेखि कुरिरहनुभएको थियो, प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा १० बजेतिर आइपुग्नुभयो ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने सिंहदरबार पुगिसकेका थिए ।

सभामुख घर्तीले विवाद अन्त्यका लागि तीन प्रमुख नेतालाई एकै ठाउँमा राखेर छलफल गराउन लागेकी हुन् । तर, दलहरुवीच सहमति नजुटे सभामुखले निर्धारित कार्यसूचीका आधारमा बैठक संचालनको तयारी गरेको संसद सचिवालय स्रोतले बताएको छ ।

तीन दलका नेताहरुसँगको छलफललगत्तै सभामुखले संसद सचिवालयका सदस्यसँग छलफल गर्ने कार्यतालिका तय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment