निर्देशक दिनेश राउतका लागि नेपाली चलचित्रका सफल जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ सर्वाधिक प्रिय छन् । याद गर्ने हो भने, दिनेश अधिकांश समय आर्यनसँग हुन्छन्, सार्वजनिक कार्यक्रममा नम्रतासँग पुग्छन् ।
यसैले पनि होला, दिनेशले आर्यन र नम्रतालाई चलचित्रमा छाड्दैनन् । उनले निर्देशन गरेको अघिल्ला चलचित्र ‘नोभेम्बर रेन र क्लासिक’मा पनि यो जोडी नै थियो । यी दुबै चलचित्रले राम्रो व्यापार गरेपछि दिनेश उत्साहित भएका हुन् ।
दिनेश अब नयाँ चलचित्र निर्देशनमा लागेका छन्, जसलाई आर्यन सिग्देल र बिष्णु कार्कीले निर्माण गर्दैछन् । यो चलचित्रको छायांकन थाइल्याण्डमा हुँदैछ ।
चलचित्रका लागि आर्यन सिग्देल पक्का भएपनि नायिकाका खोजी भैरहेको थियो । दिनेशले नायिकाको रुपमा नम्रता श्रेष्ठलाई नै लिने पक्का भएको जानकारी दिएका छन् ।
उनका अनुसार भदौबाट छायांकन सुरु गरिनेछ । चलचित्रका लागि अहिले नायक सिग्देलले आफ्नो तौल घटाइरहेका छन् । यो चलचित्रबाट आर्यनको स्टारडम फेरि चम्कने र दर्शकले विल्कुल भिन्न गेटअपमा देख्न पाउने निर्देशक राउतको दाबी छ ।
प्रतिक्रिया 4