सामाजिक संजाल र मिडियामा आउने विभिन्न खालका हल्लाले कहिलेकाही बलिउडका कलाकारलाई समस्यामा पार्छ । अहिले बलिउड नायिका दीपिका पादुकोण पनि यस्तै समस्यामा छिन् ।
दीपिकाले प्रेमी रणवीर सिंहसँग इन्गेजमेन्ट गरेको खबर त केही हप्तादेखि मिडियामा चलेको छ । त्यसमाथि सामाजिक संजालमा त दीपिका गर्भवती भएको खबर समेत फैलिएको छ । डिजाइनर मनिष मल्होत्राले तयार पारेको पहिरनमा र्याम्पमा उत्रिएकी दीपिकाले मिडियासँग भनिन्-‘म गर्भवती छैन ।
मेरो कोही बच्चा पनि छैन । साथमा मेरो इन्गेजमेन्ट पनि भएको छैन । यती चाडै बिहे गर्ने मेरो कुनै सोच छैन ।’ केही दिनदेखि ट्विटरमा फैलिएको यस्तो हल्लाले दिक्क बनेकी दीपिकाले उपयुक्त मौका छोपेर स्पष्टिकरण दिएकी छिन् । दीपिका अहिले हलिउड र बलिउड चलचित्रमा व्यस्त छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4