Comments Add Comment

डा केसीसँगको वार्ता सकारात्मक

Dr-govinda-kc७ साउन, काठमाडौँ । सरकारी वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीको प्रतिनिधि वार्ता टोलीबीचको वार्ता सकारात्मक भएको छ ।

डा केसीका तर्फबाट वार्तामा सहभागी डा जीवन क्षेत्रीले वार्ता सकारात्मक रुपमा अगाडि बढेको र सबै बुँदामा छलफल भएको जानकारी दिए । उनले भने, “आजको वार्ताको प्रगतिबारे हामीले डा केसीलाई जानकारी गराउने र उहाँहरु (सरकारी टोली) ले सरकारलाई जानकारी गराएर थप वार्ता गर्ने गरी आजको वार्ता टुङ्गिएको छ ।” दुवै पक्षको छलफलपछि वार्ता पुनः बस्ने उनले बताए ।

वार्तामा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा शैलेन्द्र उप्रेती, केदारबहादुर अधिकारी र लवदेव अवस्थी तथा प्रा डा केसीका तर्फबाट डा रञ्जन सापकोटा, डा अञ्जनीकुमार झा, डा क्षेत्री, डा लिजन महर्जन, डा स्नेहबन्धु रेग्मी र सुमन आचार्य सहभागी थिए ।

डा केसी चिकित्सा क्षेत्र सुधार लगायत विभिन्न माग राख्दै गत १२ दिनदेखि अनशन बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment