+
+
Shares

मालपोत राजस्वमा उल्लेखनीय वृद्धि

रासस रासस
२०७३ साउन ७ गते १०:४७

७ साउन, भद्रपुर । मालपोत कार्यालय भद्रपुर, झापाले आव २०७२÷७३ मा कुल  २५ करोड ८२ लाख १८ हजार ६५ रूपैयाँ राजस्व सङ्कलन गरी उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । कार्यालयले अघिल्लो वर्ष रु नौ करोड राजस्व सङ्कलन गरेको थियो ।

Nepali moneyकार्यालय प्रमुख विजय पौडेलको सक्रियता, क्षमता एवम् कुशलताका कारण राजस्वमा उल्लेखनीय वृद्धि भएको पाइएको छ । सङ्कलित राजस्वमा रजिष्ट्रेसन दस्तुर २० करोड २३ लाख ७५ हजार ६२९, पुर्जा वितरण दस्तुर छ लाख ४५ हजार ३००, डोर दस्तुर ९१ हजार, दाखिला खारेज ६६ लाख ५९ हजार, श्रेस्ता प्रतिलिपी दस्तुर  एक लाख ५६ हजार, नामसारी दस्तुर  आठ लाख नौ हजार, कर्जा लिखत दस्तुर  चार करोड २७ लाख ३२ हजार र रोक्काबाट  ४७ लाख ४८ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा कार्यालयले दाखिल खारेज एक हजार १७० थान, नामसारी ९३५ थान, संशोधन ८९० थान र हक सफ एक थान गरी कुल दुई हजार ९९६ थान मुद्दा फैसला पनि गरेको कार्यालय प्रमुख विजय पौडेलले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?