Comments Add Comment

पहिरो खस्न थालेपछि पर्वतका स्थानीय त्रसित

landslide2७ साउन, पर्वत । उत्तरी पर्वतको लेकफाँट गाविसको लोप्रे र कुवापानीको सिमाक्षेत्रमा पर्ने पहाड चिरा परेर पहिरो खस्न थालेको छ ।

लेकफाँट गाविसको ४ नम्बर वडामा पर्ने सो पहाड चिरा परेर फेदीको बस्तीमा ढुङ्गा खस्ने र लेदोसहितको बाढी आएको छ । पहिरोका कारण माझफाँट–९ मूलघडेरीका चार घरधुरी उच्च जोखिममा परेका वडा नागरिक मञ्चका संयोजक गोविन्द खत्रीले बताए ।

संयोजक खत्रीका अनुसार पहाडको १०५ मिटर लम्बाइ र ६५ मिटर चौडाइ क्षेत्रको जमिन चिरा परेको छ । चिरा परेको पहाड खसेमा बाँसखर्क र माझफाँट गाविसको सयाँै हेक्टर खेतीयोग्य जमिनलाई असर गर्ने बिहीबार घटनास्थलमा गएको टोलीले जनाएको छ ।

जमिनको चिरा पाँच मिटर १५ सेन्टिमिटर फराकिलो रहेको छ । लेकफाँट प्रहरी चौकी, लेकफाँट र माझफाँट गाविसका अगुवा तथा स्थानीय बासिन्दाको टोलीले पहाड चिरा परेको क्षेत्रको स्थलगत अध्ययन गरेको हो ।

मूलघडेरीका नगेन्द्रबहादुर कार्की, पदम कार्की, डेगबहादुर कार्की र रविन पुनको परिवारलाई सुरक्षित स्थानमा सर्न भनिएको वडा नागरिक मञ्चका संयोजक खत्रीले बताए।

निरन्तर ढुङ्गा खस्ने र पहाडको फेदीबाट लेदोसहितको बाढी आउन थालेपछि स्थानीयवासीको टोली जमिन चिरा परेको ठाउँको अध्ययनमा गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment