७ साउन, काठमाडौं । अविश्वासको प्रस्ताव कि बजेटसँग सम्वन्धित आश्रति विधेयक पहिले संसदमा पेश गर्ने भन्ने विवाद अन्त्य भएको छ ।
सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको तीन दलको बैठकमा कांग्रेस र माओवादी लचिलो भएर प्रस्तुत भएपछि सहमति जुटेको हो । दलहरूबीच आश्रित विधेयकहरु पहिला पेश गर्ने सहमति भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिएका छन् ।
संसदको बैठक अपराहृन साढे ४ बजे बोलाइएको छ । उक्त बैठकमा सुरुमा आश्रित विधेयक पेश हुनेछ । त्यसपछि सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल सुरु गर्ने सहमति भएको छ ।
कांग्रेस, माओवादीसहितका दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4