Comments Add Comment

बाढीले झापामा ८२ परिवार विस्थापित, ३ घर बगायो

Jhapa-Duban
फाइल फोटो

७ साउन, झापा । लगातारको वर्षाका कारण झापामा ८२ परिवार विस्थापित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म र बुधबार रातिदेखि विहीबार दिउँसोसम्म भारी वर्षा भएको थियो । त्यस्तै, शुक्रबार विहानसम्म पनि वषर्ा भएको थियो ।

झापाका प्रमुख नदीहरु कन्काई, मेची, विरिङ्, रतुवा लगायतमा निरन्तरको वर्षा पछि पानीको बहाव बढेको छ । जसबाट जिल्लाका विभिन्न क्षेत्रका ३ घर बगाएको छ ।

झापाको खजुरगाछी वडा नं. ८ मा गेउरिया खोलाको भेल पस्दा त्यहाँ १६ घर परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । सोही खोलाको बाढीले कटान गर्दा गौरीगञ्ज-७ मा १० घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।

त्यहाँका ३ घरलाई बाढीले बगाउने खतरा भएपछि प्रहरीको सक्रियतामा भत्काइएको छ ।

यस्तै, जिल्लाका विभिन्न क्षेत्रमा किसानहरुको धान खेती समेत बगाएको छ । धरमपुर-८ मा कमल खोलाको बाढीले धान खेती बगाएको प्रहरीले जनाएको छ ।

यस्तै, शिवसताक्षी नगरपालिकामा पर्ने शिवगञ्जमा सतासी खोला मानव वस्तीमा पस्दा ३ घरपरिवार विस्थापित बनेका छन् । राजगढ गाविस-५ मा बिरिङ्ग नदीले बुधबार थप १३ घर परिवारलाई विस्थापित बनाएको छ । योसँगै राजगढमा बिस्थापित बनेकाहरुको सङ्ख्या ४७ पुगेको प्रहरीले जनाएको छ । यसअघि मंगलबार राति आएको बाढीले ३५ घर परिवार विस्थापित बनाएको थियो ।

विस्थापितलाई सहयोग

जिल्ला प्रहरी कार्यालयका अनुसार विस्थापित बनेकाहरुलाई रेडक्रसले खाद्यान्न, लत्ताकपडा, त्रिपाल, कम्मल र ड्राइफुड लगायतका सहयोग सामग्री वितरण गरेको छ ।

उनीहरुलाई सुरक्षित स्थानमा सारेर सहयोग सामग्री वितरण गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार बाढीका कारण विस्थापित बनेकाहरुलाई राहत वितरण गर्ने कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment