Comments Add Comment

डा. केसीका प्रतिनिधि र सरकारको वार्ता सहमति नजिक

Dr.-Govinda-KC,Hunger Strike

७ साउन, काठमाडौं । स्वास्थ्य सेवामा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले राखेका चार सुत्रीय मागका विषयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।

डा. केसीका प्रतिनिधि र सरकारी समितिबीच शुक्रबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म स्वास्थ्य मन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको हो ।

सरकारी वार्ताकारहरुले धेरै विषयमा सहमति नजिक पुगेको र केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी रहेको बताएका छन् । उनीहरुले के के विषयमा सहमतिको नजिक पुगेको भन्ने बारेमा भने जानकारी दिन मानेनन् ।

प्राविधिक विषयमा परामर्श आवश्यक भएको भन्दै वार्ता केही समयका लागि स्थगित गरिएको छ । विज्ञहरु र माथिल्लो तहसँगको परामर्शपछि शुक्रबार नै अबेरसम्म बसेर सहमति गर्ने सरकारी वार्ताकारहरुले बताएका छन् ।

अनसनरत डा. गोविन्द केसीले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिइनुपर्ने, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइनुपर्ने लगायतका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment