Comments Add Comment

बागमती र लाल बकैंया नदीको कटानले रौतहटका सात गाविस जोखिममा

badi_rauthat८ साउन, रौतहट । बागमती र लाल बकैया नदीका कारण रौतहटका सात गाउँ विकास समिति जोखिममा परेका छन् ।

पूर्वमा रहेको बागमती नदीले बेलबिछवा, बडहरवा तटबन्ध र आसपासका खेतहरु कटान गरिरहेको छ । बेलबिछवा वडा नं. ४ मा रहेको तट्बन्धलाई वर्षाको पानीले पनि कमजोर बनाउदा, ठाँउठाँउमा भत्किन थालेकोले बाढीले सजिलै सो स्थानबाट तटबन्धनै भत्काउने खतरा बढेको छ ।

 यसैगरी पश्चीम तर्फको लाल बकैया नदीका  कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया मा पनि बाढीको त्राश बढेको छ । सदरमुकाम गौरको पूर्व र पश्चीम दुवै तर्फ रहेका दुई ठूला नदीहरुमा लगातार निगरानी भइ रहेको छ भने नदी किनारका बासिन्दालाई पनि सर्तकता अपनाउन जिल्ल्ाा प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

“नदीको जलस्तरमा वृद्धि भइरहेकोले बाढीको खतरा छ” प्रमुख जिल्ला अधिकारी नरहरी बरालले भने “पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाग्मती र लाल बकैया दुवै नदी मा पानीको बहाव तिव्र छ । केही स्थानमा नदीले कटान गरेका खबर आएको छ ।” बाग्मतीले कटानगरि रहेको बडहर्वा र लाल बकैयाले कटान गरिरहेको देवाही तथा कटहरीयामा तत्काल कटान बाट जोगाउन पहल भइ रहेको प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

   लाल बकैया नदीले सबै भन्दा बढी कटहरीयामा निर्माणाधिन रहेको पुलको बाध र देवाही गाविसको बाधलाई क्षति पुर्‍याएको छ । सो क्षेत्रमा बाध जोेगाउन पहल नगरिए बाढीले ठूलो असर पार्न सक्ने खतरा रहेको स्थानियले बताएका छन् ।

देवाही गाविसमा हरेक वर्ष लाल बकैया नदीले स्थानियलाई त्रशित बनाउने गरे पनि सम्बन्धीत निकायले बाध मरमतका लागि पहल नगरेको स्थानीय विनोद पटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment