९ साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।
संसदमा अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीले विहान १० बजे भेटका लागि प्रचण्डलाई शीतलनिवासमा बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्डले नै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् र प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ ।