+

युरोपियन सुपरकपसम्म आफु चोटमुक्त हुने रोनाल्डोको विश्वास

२०७३ साउन  ९ गते १०:२९ २०७३ साउन ९ गते १०:२९
युरोपियन सुपरकपसम्म आफु चोटमुक्त हुने रोनाल्डोको विश्वास

Ronaldo

काठमाडौं । रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आगामी अगष्ट ९ मा हुने युरोपियन सुपर कपसम्ममा आफु चोटमुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

च्याम्पियन्स लिग बिजेता रियल मड्रिडले अगष्ट ९ मा युरोपा लिग च्याम्पियन सेभियाबिरुद्ध नर्वेमा हुने युरोपियन सुपर कप अन्तर्गतको खेलमा रोनाल्डोबिना नै तयारी गरिरहेको छ । तर रोनाल्डो आफ्नो चोट तीव्र गतिमा निको भइरहेको भन्दै सुपरकपका सहभागिताको आशा ब्यक्त गरेका छन् ।

युरो २०१६ को फाइनलमा फ्रान्सबिरुद्ध पहिलो हाफमा घुँडाको चोटबाट ग्रसित भएका पोर्चुगलका कप्तान रोनाल्डो ६ साता मैदान बाहिर रहने बताइएको थियो ।

तर उनी ला लिगाको नयाँ सिजन सुरु हुनुअगावै ओस्लोमा हुने सुपरकपमै मैदानमा देखिनसक्ने संभावनालाई उनी आफैले जीवित राखेका छन् ।

रोनाल्डोले भनेका छन्, ‘मेरो चोट राम्रो सँग निको भइरहेको छ र म जतिसक्दो छिटो मैदानमा पुनरागमन गर्नेछु ।’ उनले थपे, ‘तत्कालका लागि म युरोपियन सुपरकपबाट बाहिर छु । तर जव म चोटमुक्त हुँदै मड्रिड फर्कनेछु, त्यतिबेला पक्कै मेरो पुनर्मुल्यांकन हुनेछ ।

क्रिष्टियानो रोनाल्डो रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय