+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एमाले नेताले प्रचण्डलाई भैंसी व्यापारीसँग तुलना गरे

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते १८:५६

Rajendra-Pande

९ साउन, काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले माओवादी अध्यक्ष प्रचण्डलाई भैंसी व्यापारीसँग तुलना गरेका छन् ।

संसदमा जारी अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता पाण्डेले नेताहरुमा अभिनयकला निकै रहेको बताए ।

आफ्नो गाउँको भैंसी व्यापारीको कथा सुनाउँदै उनले भने, किन्ने बेलामा ‘तेरो भैसी खत्तम, सानो, खुट्टा पनि लामो नभएको भन्यो र सस्तो मूल्यमा ल्याउँथ्यो । बेच्ने बेलामा खुट्टा छोटो भएको थोरै घासले अघाउने यस्तो भैंसी कहि भेटिँदैन भन्थ्यो ।’

माओवादी अध्यक्ष प्रचण्डले हिजो केपी ओलीलाई गणतन्त्रवादी, विकासवादी, संघीयता पक्षधर देखेको तर, अहिले अविश्वासको प्रस्ताव ल्याएपछि जम्मै भएन भनेको उनले बताए । नेता पाण्डेले भने, ‘यतिविधि जम्प नगरौं । ठाउँ साघुँरो छ । एक माघले जाडो जाँदैन ।’

उनले केही पछि प्रचण्डले अस्तीको कुरा बेकारको रहेछ, ओली नै ठीक भन्ने दिन आउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?