९ साउन, काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका लागी होटल व्यवसायीको समूह चीन प्रस्थान गरेको छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष अमरमान शाक्यको नेतृत्वमा ७३ जना होटल व्यवसायी चीनतर्फ लागेका हुन् ।
चिनियाँहरुको नेपालप्रति बढ्दो आकर्षण तथा नेपालले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा उपलब्ध गराउने निर्णयको चिनियाँ नागरिकमाझ व्यापक प्रचार प्रसार गर्न होटल व्यवसायी चीन गएका हुन् ।
चीनस्थित बेइजिङ र सांघाई छुट्टाछुट्टै शहरका प्रतिष्ठित पर्यटन व्यवसायी तथा चिनियाँ सरकारी विशिष्ट अधिकारी र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिएको संघले जनाएको छ ।
विश्वकै पर्यटकीय महत्व राख्ने चीनमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ ।
बेइजिङस्थित वाणिज्य दुतावासको सहयोगमा नेपाली होटल व्यवसायीई होटलमा आवश्यक पर्ने सामग्री निर्माण गर्ने कारखानाको समेत अवलोकन गराउने कार्यक्रम रहेको छ ।
सन् २०११ मा होटल संघ नेपाल र चाइना होटल संघबीच काठमाडौंमा गरिएको सम्झौतापत्रलाई नविकरण गरिने जनाइएको छ । दुई देशका होटल व्यवसायीबीच हुने अन्तरक्रियाले नेपालीा पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न पनि सहयोग पुग्ने अपेक्षा छ । साउन १६ गते उक्त टोली स्वदेश फर्कने छ ।
प्रतिक्रिया 4