+
+
Shares

लगातारको वर्षाले कपिलवस्तु डुबानमा

सनिउल्ला धोबी सनिउल्ला धोबी
२०७३ साउन ११ गते ११:१२

kapilbastu_badi११ साउन, कपिलवस्तु ।  लगातारको अबिरल वर्षाका कारण कपिवस्तुका विभिन्न ठाउँ डुबानमा परेका छन् । कपिलवस्तुको पत्थरदेइया गाविसमा ५ घर पानीले गर्दा ढालेका छन् । भने १५ जना  सुरही खोलाको बाढीमा फासेका छन । ५०  वस्तुभाउ समेत बाढीमा बेपत्ता भएका छन् ।

पत्थरदेइयामा रहेको भटनी पुल समेत बगेको छ । शिवराज नगरपालिका वडा नं ,१,३,४, ६, १०,को अधिकांस ठाउ डुबानमा परेका छन त्यस्तै , कपिलवस्तु नगरपालिका वडा नं, १३,१४,१५,१६,  तौलिहवाको बाजार,तिलोराकोटको तिलौरी, बुद्धवाटिका नगरपालिकाको वाड नं १,२ मा रहेको थारु वस्तीमा पानी पसेको छ ।

भृकुटी नगरपालिकामा गुदुरुग खोलाले गर्दा इमिलीया, बुडढी,अधिकांस ठाउ डुवानमा पारेका छन । कृष्णनगरपालिका समेत डुवानमा परेको खबर प्रप्ता भएको छ । चोर खोलमा खसेको पहिरो पन्छाउने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?