Comments Add Comment

एकैदिन २ अर्ब ७५ करोडको सेयर कारोबार

stock-nepse-market
११ साउन, काठमाडौं । पुँजी बजार अर्थात सेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । मंगलबार एकैदिन नेप्सेमा २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँमा सेयर किनबेच भएका छन् ।

१ सय ४३ कम्पनीका ५८ लाख ८८ हजार कित्ता सेयर सो मुल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार एकैदिन २८ अंकले बढेर नेप्से सूचक १८६६.५० अंकमा पुगेको छ । आइतबार नेप्से ४० अंकले बढेको थियो । प्रधानमन्त्री केपी ओलीको राजिनामापछि २ दिनमै नेप्से सूचक ६८ अंकले बढेको हो ।

यसअघि सरकार फेरबदल हुँदा नेप्से घट्ने गथ्र्यो । यसपटक भने सरकार परिवर्तनका बेला पनि नेप्से नघटेको हो ।आइतबारदेखि सेयर कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने नयाँ कमिशन दर लागू गरिएको थियो । ०६३ सालमा लागू गरिएको पुरानो कमिशन दरमा ४० प्रतिशतले घटाएर नेप्सेले नयाँ कमिशन दर लागू गरेको हो ।

त्यसैगरी, नेप्सेले केही दिनयता बिहान ११ बजेदेखि सेयर कारोबार गर्न थालेको छ । त्यसअघि दिनकेा १२ बजेदेखि ३ बजेसम्म मात्रै सेयर कारोबार हुन्थ्यो । कारोबारको समय एक घन्टाम बढाएपछि नेप्सेको कारोबार पनि बढेको हो ।

मंगलबारको कारोबारमा होटल समूहको उपसूचक सबैभन्दा बढी अर्थात ७३ अंकले बढेको छ । त्यसैगरी वाणिज्य बैंक उपसमूहको कारोबार २४.२४५ अंकले बढेको छ भने यो उपसमूहको मात्रै १ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी, विकास बैंक उपसमूहको ७३, जलविद्युत उपसमूहको ३०, फाइनान्स कम्पनीको २२ र इन्स्योरेन्स उपसमूहको सूचक ३१ अंकले बढेको नेप्सेले जनाएको छ ।

मंगलबारको कारोबारमा उत्पादनमूलक उपसूमहको उपसूचक भने उच्च अंकले घटेको छ । यो उपसमूहको ६४.३८ अंकले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment