पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीको बिषयमा बायोपिक चलचित्र बन्यो भने कस्तो होला ? सन्नीको जीवनीमा चलचित्र बन्दा उनको विगत र बर्तमानलाई कसरी फिचर गरिएला ?
चलचित्र ‘जिस्म २’बाट बलिउडमा प्रवेश गरेकी सन्नीको अभिनय यात्रा सुखद त छैन, तर उनी भारतमा सर्वाधिक चर्चित छिन् । उनै सन्नीले नै मुख्य भूमिकामा काम गर्नेगरि उनको जीवनीमा चलचित्र बन्न लागेको हो ।
निर्देशक अभिषेक शर्माले अहिले यसको कथा लेखिरहेका छन् । यो चलचित्रमा सन्नीका पति डेनियल पनि देखिनेछन् । भारतीय मिडियाको दाबी अनुसार बायोपिक चलचित्र सन्नी र डेनियलको प्रेमकथाको साथै उनीहरुको बलिउड यात्रामा बढी केन्दि्रत हुनेछ ।
ग्ल्यामर व्यापारमा उनीहरुको यात्रालाई बायोपिकमा मुख्य रुपमा चित्रण गर्न लागिएको छ । चलचित्रको कथावस्तुको काम नसकिएसम्म यसलाई सार्वजनिक नगर्ने सोच यसका निर्देशकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4