Comments Add Comment

मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्छः राउत

१२ साउन, काठमाडौं । संघीय समाजवादी फोरमका नेता लालबाबु राउतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने बताएका छन् ।

Lalbabu-Rautरिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले नेपाली कांग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने बताए ।

मधेसी मोर्चाका लागि सरकार मुख्य कुरा होइन भन्दै उनले मधेसको मुद्दा, आन्दोलन र मधेसी जनताको पीडा मुख्य कुरा रहेको बताए ।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले नयाँ सरकारले मधेसी, महिला, आदिवासी, जनजातिको माग सम्बोधन गर्ने तथा शान्ति प्रक्रियाको अझै पूरा भई नसकेकाले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताए ।

उनले भूकम्पपीडितलाई पुनःस्थापना र देशमा सरकार छ भनेर जनतालाई अपनत्व बोध गराउने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाली कांग्रेसले मधेसी जनताको माग सम्बोधन गर्न संविधान संशोधनमा अधिकतम सन्तुष्टि दिने, मधेसी नेता तथा कार्यकर्तामाथिको झुठा मुद्दा खारेजी तथा घाइतेको उपचार तथा क्षतिपूर्ति तथा समानुपातिक र समावेशीजस्ता मुद्दामा तीन चरणमा वर्गीकरण गरी मधेसी नेतासँग छलफल गरी टुङ्गो लगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment