+
+
Shares

१० दिनभित्र नेपाल लाइफ इन्स्योरेन्सको एफपीओको टुङगो लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १२ गते १७:१७

nepallife१२ साउन काठमाडौं । अबको १० दिनभित्र नेपाल लाइफ इन्स्योरेन्सको र्फदर पश्लिक अफरिङ (एफपीओ) बारे टुंङ्गो लाग्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आगामी १० दिनभित्रमा नेपाल लाइफ इन्स्योरेन्सको एफपीओका सम्बन्धमा बोर्डले मोडालिटीसहितको निर्णय दिने बताए ।

कम्पनीले १ सय रुपैयाँ अंकित मुल्यमा २८५१ रुपैयाँ पि्रमियम मुल्य थपेर प्रतिकित्ता २९५१ रुपैयाँका दरले ३१ ल्ाख कित्ता एफीओ जारी गर्ने घोषणा गरेको थियो ।

कम्पनीले कम्पनीले त्रितोपत्र बोर्डको स्वीकृतिबिनै एफपिओको मुल्य तोकेर नेपाल स्टक एक्सचेञ्जबाट सूचना सार्वजानिक गरेको थियो । आज नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको एक कित्ता सेयरको मुल्य ४ हजार ४० रुपैयाँ छ ।

त्यसले दोस्रो बजार प्रभावित गरेको भन्दै बोर्डले केही मय कम्पनीको कारोबारसमेत रोकेको थियो । बोर्डले असार १६ गते कम्पनीको सेयर फुकुवा गरी बोर्डले मोडालीटी नदिएसम्म एफपीओ जारी नगर्न कम्पनीलाई निर्देशन दिएको थियो ।

पि्रमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउने उद्देश्यले बोर्डले विज्ञहरुलाई अन्तराष्ट्रिय अभ्यासमा आधारित रिपोर्ट तयार पारिरहेको र त्यो आगमी १० दिनभित्र बोर्डबाट पारित भई सार्वजनानिक हुने अध्यक्ष कार्कीले जानकारी दिए ।

बोर्डले चाटर्ड एकाउन्टेन्स संघका उपाध्यक्षको अध्यक्षतामा धितोपत्र बोर्डका विज्ञ सञ्चालक, निर्देशक र अन्तराष्ट्रिय विज्ञ सम्मिलित अध्ययन कमिटि गठन गरेको थियो । सो कमिटिले भरे-भोलि नै प्रतिवेदन बुझाउने र बोर्डले आवश्यक छलफल गरी आगामी १० दिनभित्र टुंगोमा पुर्‍याउने कार्कीले जानकारी दिए ।

हालसम्म पि्रमियम मुल्य निर्धारण कसरी गर्ने भन्ने सन्दभर्मा प्रष्ट नीति नहुँदा एफपीओमा समस्या हुँदै आएको थियो ।

‘एफपीओको पि्रमियम मुल्य निर्धारण गर्ने सम्बन्धमा विज्ञ साथीहरुले प्रतिवेदन तयार पारिसक्नुभएको छ,’ उनले भने- ‘अब बस्ने बोर्डको सञ्चालक समितिको बैठकले एफपीओ सम्बन्धी अन्तराष्ट्रिय मान्यता र अभ्यासलाई आधार मानेर कसरी मुल्य निर्धाण गर्ने भन्ने मोडालिटी सार्वजानिक गर्नेछौं ।’

कम्पनीको प्रतिसेयर नेटवर्थ, इन्ड्रष्टी एभरेज, मुल्यआम्दानी अनुपातलगायतलाई आधार मानेर एफपीओको मुल्य निर्धारण गर्ने मोडालिटी तयार सार्वजानिक गर्ने उनले जानकारी दिए ।

कम्पनीले हाल संस्थापक समूहमा रहेको ८० प्रतिशत र सर्वसाधारण समूहमा रहेको २० प्रतिशत हिस्साको अनुपातलाई ७०/ ३० गर्नको लागि कम्पनीको एफपीओ जारी गर्न लागेको हो । कम्पनीको १ अर्ब ७३ करोड चुक्ता पुँजी रहेकोमा १६औं साधारणसभाले २६ प्रतिश बोनस सेयर प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?