काठमाडौं । यस सिजनको एफ ए कपको पछिल्ला चरणहरुमा क्लवले अतिरिक्त समयमा चौथो पटक खेलाडी सब्सिच्युड गर्न पाउने भएका छन् ।
फुटबलको यस नियमको इन्टरनेशनल फुटबल एसोशिएसन बोर्डले पारित गरेको छ, जुन पछिल्लो कोपा अमेरिकामा परिक्षण गरिएको थियो ।
यो नियम आगामी सिजनको एफए कपको क्वाटरफाइनल चरणदेखि लागू गरिनेछ ।
एफएका मुख्य कार्यकारी मार्टिन ग्लेनले यस निर्णय गर्नुको पछाडि खेलाडीको कल्याणलाई बिचार गरिएको थियो ।
उनले भनेका छन्, ‘यो महत्वपूर्ण छ कि एफए कपका लाखौं समर्थकहरु यस निर्णयबाट खुसी हुनेछन् ।’
एफएको बोर्डले क्वाटरफाइनल चरणबाट रिप्लेको सुविधालाई भने यसै सिजनदेखि हटाएको छ ।
एफएका प्रमुख कार्यकारी ग्लेनका अनुसार, ‘टेक्निकल दृष्टिले पनि यो यति रोमाञ्चक हुनेछ कि हाइ प्रोफाइल म्याचमा प्रशिक्षकले अतिरिक्त समयमा चौथो सब्सिच्युड गरेर खेलको रणनीति कसरी बनाउनेछन् ।’
एफए कपको नयाँ सिजन आगामी अगष्ट ५, शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा समग्रमा १८४ खेल खेलिनेछन् ।
प्रतिक्रिया 4