Comments Add Comment

कोसी व्यारेज प्रकरणः सिंहदरबार बेखबर

koshi-barrage१३ साउन, काठमाडौं । सप्तकोशी बाँधको सुरक्षाप्रति भारतीय पक्षले देखाएको ‘संग्दिध चासो’ र दाबीप्रति नेपाल सरकार औपचारिक रुपमा बेखबर छ ।

सप्तकोशी बाँध ध्वस्त पारिदिने ३ वटा अन्तरास्ट्रिय इस्लामिक अतिवादी संगठनको हवला दिँदै भारतले सुरक्षा मजबुत बनाउन नेपाललाई परिपत्र गर्दा समेत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले उसबारे औपचारिक धारणा बाहिर ल्याएका छैनन् ।

भारतीय पत्राचारपछि ब्यारेज आसपास तथा सुनसरी, सप्तरी र मोरङ जोड्ने नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

अस्वभाविक रुपमा बढाइएको सुरक्षा तैनाथी र खानतलासपछि सप्तकोशी ब्यारेज हुँदै आवतजावत गर्ने नेपालीले सास्ती ब्यहोर्नुपरेको छ । व्यारेज ध्वस्त पारिदिने धम्की आएको भारतीय संदेहास्पद दाबी गरेको छ ।

यसबाहेक नेपालका माओवादी संगठनहरु पनि चुनौतिका रुपमा रहेको भारतीय विवादास्पद दाबी आएको छ ।

उच्च स्रोतका अनुसार भारतले अहिलेसम्म परराष्ट्र मन्त्रालयलाई यस विषयमा जानकारी गराएको छैन ।

त्यस्तै गृहमन्त्रालयले पनि भारतीय दाबीप्रति औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment